महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड « Khabarhub

महिला हिंसा अन्त्यका लागि जनचेतना र कानूनी कारवाहीमा राष्ट्रपतिको जोड


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छिन ।

राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा दिएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छिन ।

नेपालको संविधानले हिंसामुक्त न्यायिक समाजको परिकल्पना गरेको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेका सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।

“बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए तापनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ । घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूलन गर्ने सरकारका प्रयास पूर्णरूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्छ” , राष्ट्रपतिको सन्देशमा भनिएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ । राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूल प्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ ।”

उनले कोभिड–१९ को महामारीले बालबालिका, किशोरी तथा महिलाको जीवनलाई थप कष्टकर बनाएकाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दूर प्रयास गर्नुपर्नेमा पनि जोड दिएकी छिन ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : १२ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका