गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु | Khabarhub Khabarhub

गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हिजै काठमाडौँ ल्याइएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर छ ।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो।

बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन्। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ०८ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति