प्रहरीको नौलो अभियान ‘आई लभ यु बुढी गुट नाइट’ « Khabarhub

प्रहरीको नौलो अभियान ‘आई लभ यु बुढी गुट नाइट’


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– प्रहरीले स्याङ्जामा नयाँ अभियान चलाएको छ । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गरेका छन् ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै यस्तो अभियान लगाएको एसपी बोगटीले जानकारी दिए ।

बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान शुरु गरिएको छ ।

परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । घर–परिवारसँग राम्रो सम्बन्ध भएन भने उत्साहका साथ काम गर्ने जाँगर नआउने भन्दै यसो गरिएको उनले दाबी गरे ।

यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले बताए ।

उनका अनुसार महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उनको भनाइ छ । २/३ वर्ष घर जान नपाउने र कहिलेकाहीं मात्रै फोन गर्दा परिवारसँगको सम्बन्धमा निकटता नहुने भन्दै पारिवारिक निकटताका लागि यसो गरिएको बोगटीको तर्क थियो ।

पारिवारिक सम्बन्ध राम्रो भए/नभएको दैनिक फोन गरेको/नगरेको वा बिदामा घर गएको नगएको चेक गर्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो पाएको बताए ।

पारिवारिक सम्बन्ध राम्रो नहुँदा हातहतियार आफैसँग हुने प्रहरीहरुले ती यन्त्र आफैमाथि प्रयोग गरेका समाचार कहिलेकाहीं सुनिने गरिन्छ । पारिवारिक सम्बन्धका कारण प्रहरी जवानहरुले आत्महत्या गर्ने प्रवृत्ति पनि रोकिएर जाने उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ०३ बजे

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय