लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भट्टविरूद्ध रिट खारेज | Khabarhub Khabarhub

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भट्टविरूद्ध रिट खारेज


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको योग्यता सम्बन्धमा परेको रिट खारेज गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश नरिश्वर भण्डारीको संयुक्त इजलासले रिट निवेदकको दाबी नपुगेको आधार देखाउँदै रिट खारेज गरेको हो ।

खुला प्रतिस्पर्धाबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए ।

मन्त्रिपरिषदको साउन १९ गतेको बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

उनी प्रमुख कार्यकारी अधिकृत भएपछिको लगानी बोर्डको पहिलो बैठकले ३८ अर्ब रूपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : १५ बजे

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन्

तस्करको काजु प्रहरीले नै बेचेपछि…

जनकपुरधाम– गत महिनाको १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री

जलवायु परिवर्तन सम्बन्धि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं– नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने