‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना « Khabarhub

‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देलको शीर्ष भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी पनि अनुबन्ध भएकी छिन् ।

फिल्ममा आर्यन र उपासनाको जोडी देख्न सकिने भएको छ । पछिल्लो समय हिट फिल्म दिन नसकेका आर्यन र हिट फिल्म दिएकी उपासनाको यो फिल्मले सफलता पाउने अपेक्षा गरिएको छ ।

आर्यनलाई दर्शकलाई लभर ब्यायका रुपमा रुचाएका थिए भने उपासनाले अभिनय गरेका यसअघिका दुई फिल्म ‘क्याप्टेन’ र ‘कबड्डी ३’ व्यावसायिक रुपमा सफल भएका थिए ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मलाई भारतीय फिल्म उद्योगमा समेत काम गरेका प्रवीण झाले निर्देशन गर्नेछन् ।

फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

निर्माण टिमका अनुसार फिल्ममा अन्य कलाकारको चयन हुन बाँकी छ । फिल्मलाई भारतीय सिनेम्याटोग्राफर रवि नायडुलले खिच्नेछन् ।

आगामी वर्षको साउन १ गतेलाई रिलिज मिति तोकिएको फिल्म काठमाडौं र पोखरामा छायांकन गरिने जनाइएको छ । फिल्मलाई राजकुमार भट्टले निर्माण गर्नेछन् भने लक्ष्मण रिलिज कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : ४३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी