‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना « Khabarhub

‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देलको शीर्ष भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ मा उपासना सिंह ठकुरी पनि अनुबन्ध भएकी छिन् ।

फिल्ममा आर्यन र उपासनाको जोडी देख्न सकिने भएको छ । पछिल्लो समय हिट फिल्म दिन नसकेका आर्यन र हिट फिल्म दिएकी उपासनाको यो फिल्मले सफलता पाउने अपेक्षा गरिएको छ ।

आर्यनलाई दर्शकलाई लभर ब्यायका रुपमा रुचाएका थिए भने उपासनाले अभिनय गरेका यसअघिका दुई फिल्म ‘क्याप्टेन’ र ‘कबड्डी ३’ व्यावसायिक रुपमा सफल भएका थिए ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मलाई भारतीय फिल्म उद्योगमा समेत काम गरेका प्रवीण झाले निर्देशन गर्नेछन् ।

फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

निर्माण टिमका अनुसार फिल्ममा अन्य कलाकारको चयन हुन बाँकी छ । फिल्मलाई भारतीय सिनेम्याटोग्राफर रवि नायडुलले खिच्नेछन् ।

आगामी वर्षको साउन १ गतेलाई रिलिज मिति तोकिएको फिल्म काठमाडौं र पोखरामा छायांकन गरिने जनाइएको छ । फिल्मलाई राजकुमार भट्टले निर्माण गर्नेछन् भने लक्ष्मण रिलिज कार्यकारी निर्माता रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : ४३ बजे

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले