साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण  | Khabarhub Khabarhub

साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण 


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीको दम्माबाट १६९ नेपाली श्रमिकको पासपोर्ट नवीकरण गरिएको छ ।

साउदीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ साउदीको संयुक्त आयोजनामा साउदीको पूर्वी क्षेत्र दम्माममा पासपोर्ट (राहदानी) नवीकरण गरिएको एनआरएनए साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

दूतावासले कोरोना महामारीका कारण साउदीका बिभिन्न शहर तथा दूरदराजमा रहेका नेपालीहरु राहदानीको म्याद सकिएर नवीकरणका लागि नेपाली दूतावाससम्म पुग्न कठिन भइरहँदा क्याम्प खडा गरी पासपोर्ट नविकरण गरिएको हो ।

अनलाइन फारम भरेका १०९ जना र अन्य ६० जनाको पासपोर्ट नविकरण गरिएको नेपाली दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले जानकारी दिए ।

पासपोर्ट नवीकरणको लागि आगामी ११ डिसेम्बर पूर्वी क्षेत्र दमाममा पनि सहजिकरण गरिनेछ ।

यस्तै साउदीको अन्य शहर अल-कासिम, ताबुक, जिजान, आब्भा-खामिस्, यान्बु लगायतका शहरहरुमा पनि आवश्यकता हेरी उपयुक्त स्थान र मिति छिट्टै  सार्वजनिक गरिने प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको