अमेरिकामा थप २ लाख ८ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा थप २ लाख ८ हजारमा संक्रमण


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप २ लाख ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ७९० जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ८७ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५९ लाख ७ हजार ८६२ जनामध्ये २६ हजार २६१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ८२५ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : १७ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने