कर्णालीमा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ शुरु « Khabarhub

कर्णालीमा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ शुरु


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौै– सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको सो कार्यक्रमको मुख्य उद्देश्य त्यहाँका विपन्न वर्गको खाद्य सुरक्षा गर्नु रहेको कार्यक्रमका संयोजक राजेन्द्र भारीले जानकारी दिए । नेपाल सरकार, कृषि विकासका लागि अन्तराष्ट्रिय कोष, स्वीस विकास नियोगको गरी कूल ६८ मिलियन यूस डलर बजेटमा संचालन हुने सो कार्यक्रमको अवधि ६ वर्षको रहेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले ३५ हजार विपन्न वर्गको घरधुरीलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउने गरी सुरु गरिएको सो कार्यक्रम लक्षित समूदायसँग पु¥याउने चुनौतिको कामना गरेर अघि बढन सरोकारवाला सबै निकायलाई सचेत गराए । उनले नेपालमा भोकमरी नभएको उल्लेख गर्दै षोषणयुक्त खाद्यन्नको अभाव नहुने गरी सो कार्यक्रम अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सरकारले यस अघि पनि कर्णाली प्रदेशका ती जिल्लाहरुमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरिसकेको छ । तर सो कार्यक्रम लक्षित समूदायमा नपुगेको उल्लेख गर्दै मन्त्री खनालले अवको कार्यक्रम भने लक्षित समूदायको हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ४३ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको