प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेशले १० करोड विनियोजन गर्ने « Khabarhub

प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेशले १० करोड विनियोजन गर्ने


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेश सरकाले प्रहरी संरचना निर्माणका लागि करिब रु १० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बजेट अख्तियारीका स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणका लागि रु तीन करोड ९३ लाख, अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि रु पाँच करोड र प्रहरी तालीम केन्द्र निर्माणका लागि रु एक करोड गरी जम्मा रु नौ करोड ९३ लाख बजेट अख्तियारी प्रदानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

त्यसैगरी, बैठकले मन्त्रालयको चालु आव २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत चालु शीर्षक नं २७२१२ को उद्धार, राहत तथा पुनस्र्थापना खर्चको क्रियाकलाप सङ्केत नं ७.२.८.५ सडकलगायत दुर्घटना, उद्धार कार्यक्रम शीर्षकबाट कार्यक्रम संशोधनपश्चात् विपद्का घटनाबाट मृत्यु भएका मृतक २३ घर परिवारलाई रु ४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकीन गरी दोहोरो नपर्ने शर्तमा राहत सुविधा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले बताए ।

मन्त्री केसीका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सङ्गठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ०४ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको