अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल « Khabarhub

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी कामबारे छलफल


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राज्य अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।

अफगानीस्तानस्थित तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफल सुरू भएकबो जानकारी दिएका छन् ।

उनले भने, ‘अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी कैँदीको रिहाईका लागि हालै दोहामा छलफल भएको छ ।’

‘वार्तामा शान्ति सम्झौता, शक्ति पृथकीकरण र तालिवानसँगको स्थायी तथा वृहद् युद्धविरामका लागि नेताहरूको समिति बनाइएको छ,’ उनले ट्वीटमा भनेका छन्, ‘यो इस्लामिक गणतन्त्र अफगानिस्तानमा शान्ति वार्ताका लागि भरपर्दो र प्रभाबशाली समिति हुने विश्वास गरिएको छ ।’

अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनले बताए ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।

समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह रहेको र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले यस समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : १३ बजे

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका