विमानस्थल भित्र ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ « Khabarhub

विमानस्थल भित्र ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालकलाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका उज्जवल आचार्य छन् ।

एसएसपी भट्टराईका अनुसार गएराती १०:४० जेको समयमा बा३३प६५ नम्बरको मोटरसाइकल अनाधिकृतरुपमा पार्किङ गरेर राखिएको फेला परेको थियो । मोटरसाइकल पार्किङ गरिराखेको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न खोज्दा आचार्यले १६० रुपैयाँ घुस दिन खोजेका थिए।

लगत्तै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आचार्यलाई पक्राउ गरी कारवाहीकालागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको हो।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ५४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका