सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन « Khabarhub

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका  छन् ।

प्रादेशिक सुशासन केन्द्र जनकपुरको मुजेलियामा प्रदेश मातहतका कर्मचारीका लागि आयोजित सूचना सञ्चार प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालीमको समापन समारोहमा उनले समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिए ।

कर्मचारीहरुका लागि अनुशासन आवश्यक रहेको जिकिर गर्नुहुँदै उनले कर्मचारीतन्त्रमा अनुशासन कायम नभएसम्म विकास र समृद्धिको परिकल्पनासमेत गर्न नसकिने स्पष्ट पारे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमप्रसाद भुसालको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले प्रदेशका कर्मचारीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालीम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता तालीमहरुलाई निरन्तरता दिने जानकारी गराए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार