जुम्लाको तिलामा १० शय्याको अस्पताल शिलान्यास « Khabarhub

जुम्लाको तिलामा १० शय्याको अस्पताल शिलान्यास


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ मा १० शय्याको अस्पताल शिलान्यास गरिएको छ ।

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए ।

“स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ”, उहाँले भन्नुभयो, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ ।” अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए ।

रु १० करोड लागतमा सो अस्पताल निर्माण गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल र तिला गाउँपालिकामा १० श्यया अस्पताल निर्माण हुँदैछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १० : ३३ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो