कन्या पूजनमा ध्यान दिनुपर्ने कुराहरु « Khabarhub

कन्या पूजनमा ध्यान दिनुपर्ने कुराहरु


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा कन्या पूजनको विशेष महत्व रहने गरेको छ । कन्या पूजन गरेमा देवी दुर्गाको विशेष कृपा पाउने धार्मीक मान्यता रहेको छ ।

देवी दुर्गाको अलगअलग नौ स्वरूपको भक्ती र आराधना गर्ने परम्परा रहेको छ । दुर्गाको नौ स्वरुपको आराधना गर्न सम्भव नहुनेहरुले कन्या पूजन गर्ने परम्परा रहेको छ । कन्या पूजा गर्दा निम्न कुरामा ध्यान पुर्याउनु पर्दछ ।

१. कन्या पूजनका दिन बिहान नुहाएर भगवान गणेश र महागौरीको पूजा गर्नु पर्दछ ।
२. कन्या पूजनमा दुईदेखि दश बर्षसम्मका नौ बालिका र एक बालक आवश्यक हुन्छ ।
३. बालकलाई बटुक भैरवका रुपमा पूजन गरीन्छ ।
४. कन्याको संख्या नौ हुन नसकेमा न्युनतम सात हुनु पर्दछ ।
५. कन्या पूजन जहाँ भएपनि घरमा सरसफाइ हुनु पर्दछ ।
६. कन्या राख्ने स्थान समेत अत्यन्त सफा र पवित्र हुनु पर्दछ ।
७. घरमा कन्या आइपुग्दा देवीको जयगान गाउदै प्रवेश गराउनु पर्दछ ।
८. आएका सबै कन्यालाई शुद्ध आसनमा बसाउनु पर्दछ ।
९. त्यसपछि पालैपालो सबै कन्याको पाउ धुनु पर्दछ ।
१०. त्यसपछि श्रद्धाका साथ देवी सरह उनीहरुको पूजा गर्नु पर्दछ ।
११. त्यसपछि सबै कन्या र बालकलाई घिउको दियो बालेर आरती गर्नु पर्दछ ।
१२. आरतीपछि भोग लगाउनुहोस् । कन्या पूजनमा पूरी, चना र हलुवा ख्वाउने चलन छ ।
१३. भोजनपछि कन्यालाई यथाशक्ति भेट र उपहार दिनुहोस् ।
१४. त्यसपछि उनिहरुको पाउ छोएर सम्मानजनक बिदा गर्नुहोस् ।

धार्मिक ग्रन्थ अनुसार, कन्या पूजनमा स्वस्थ तथा सम्पुर्ण रोग वा शारीरिक दोषबाट मुक्त कन्या उपयुक्त मानिन्छ । मान्यता अनुसार मनोवाञ्छित फल पाउन ब्राह्मण कन्या, वैभव तथा प्रसिद्धि पाउन क्षत्रिय कन्या, धन वा समृद्धि पाउन वैश्य कन्या र पुत्र प्राप्तिका लागी शूद्र कन्या पूजन उपयुक्त हुने मान्यता छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ५६ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको