मुहान विवादले म्याग्दीको सिचाई आयोजना अन्यौलमा « Khabarhub

मुहान विवादले म्याग्दीको सिचाई आयोजना अन्यौलमा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा मुहान बिवादका कारण सिचाई आयोजना अन्यौलमा परेको छ । एकातर्फ खोलाको पानी बगरेर खेर गइरहेको छ भने अर्कोतर्फ सिचाई नभएर खेतीयोग्य जमिन बाँझो पल्टिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको औला नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ । तर करिब डेढ सय घरधुरी कृषकले सिचाई सुबिधाको अभावमा अधिकांश खेतीयोग्य जमिन बाँझै राख्न बाध्य छन् । बर्खामा आकाशे पानी र मुलको पानीको भरमा धान खेती गर्छन् ।

खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाएपनि आकाशबाट पानी नपरे न्युन मात्रामा उत्पादन हुन्छ । मुहान बिवादका कारण सिचाई आयोजना कार्यान्वयन नहुँदा आयोजना कहिले बन्ला भन्ने चिन्ता बढ्न थालेको अन्नपूर्ण गाउँपालिका ७ औलाका किसान दीपक पाइजा गुनासो गर्छन।

औला सिचाई आयोजना निर्माण गर्न खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले गत असार महिनामा भगवति मालिका कन्ट्रक्सनसँगे २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५६ लाख ७१ हजार १४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । रिमा गाउँका केही स्थानीयले अबरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिचाई आयोजना निर्माण सुरु हुन नसकेको हो ।

खोला र आरिदह सुक्ने, खेतमा पाइप गाड्दा भत्किने बाहनामा अबरोध गरेकाहरुले वातावरणीय र जैबिक बिबिधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौ भन्दा पनि नदिएको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले गुनासो गरे ।

दुई गाउँका टोल सुधार समितिको सम्झौता अनुसार रिमाको पुछारमा रहेको खोलाकाईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्बेक्षण भएको थियो । ५० हेक्टर जमिनमा सिचाई गर्न दुई हजार ४५० मिटर मुख्य पाइपलाईन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५ वटा शाखा पाइपलाइन बनाएर सिचाईका लागि पानी बितरण गर्ने योजना कार्यान्वयन गर्न रिमाका बासिन्दालाई सहमतिमा ल्याउन पहल गर्ने अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष गमप्रसाद फगामीले बताए ।

चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : ०६ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी