भक्तपुरको चागुँनारायणमा १०० फिट अग्लो त्रिशुल स्थापना गरिने  « Khabarhub

भक्तपुरको चागुँनारायणमा १०० फिट अग्लो त्रिशुल स्थापना गरिने 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ ।

महाँकाल त्रिुशलडाँडा उपभोक्ता विकास संंस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनायारण ५ मा १०० फिट अग्लो त्रिशुल तथा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापनाको घोषणा गरेको हो ।

उक्त त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार ९१३ रहेको आयोजकले जनाएको छ । भित्री भागमा फलाम र बाहिरी भागमा तामाको धातुले निर्माण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जनासम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने बताइएको छ ।

मुलकोटगढीमा विश्वकै अग्लो त्रिशुल बाहेक ५५ फिट अग्लो गोरखनाथको मन्दिर, मुलकोटगढी द्धार, सत्तल, त्रिशुलडाँडादेखि साँखुसम्म जोड्ने सिडीमार्ग लगायत निर्माण गर्ने गुरुयोजना समेत रहेको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता बिमलेन्द्र निधिले त्रिशुल स्थापना गर्नु ठूलो काम भएको भन्दै सबैको सहयोग आवश्यक रहने जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ३२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा