मिक्लाजुङमा ‘सर्च अपरेसन’ चलाउने सुरक्षा समितिको निर्णय | Khabarhub Khabarhub

मिक्लाजुङमा ‘सर्च अपरेसन’ चलाउने सुरक्षा समितिको निर्णय


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको मिक्लाजुङमा विप्लवका कार्यकर्ता खोज्न सर्च अपरेसन सुरु हुने भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्न उत्रिएपछि उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले त्यस क्षेत्रमा सर्च अपरेसन सुरु भएको जानकारी दिँए । घटनाबारे जानकारी दिँदै उनले भने, ‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ । प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन सुरु भईसकेको छ ।”

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो ।  प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ३४ बजे

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी

काठमाडौं – युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि

च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार सन्

एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै

काठमाडौं – माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार माघ