८ महिनापछि खुल्दैछ सदर चिडियाखाना | Khabarhub Khabarhub

८ महिनापछि खुल्दैछ सदर चिडियाखाना


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाका कारण ८ महिनासम्म बन्द रहेको सदर चिडियाखाना बिहीबार (आज)देखि खुल्ने भएको छ।

स्वास्थ्यका मापदण्ड अपनाएर करिव ८ महिना पश्चात चिडियाखाना सर्वसाधारको लागि खुल्ला हुने भएको हो । कोभिड १९ संकट व्यवसथापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न लागेको चिडियाखाना प्रशासनले जनाएको छ।

ललितपुरको जाउलाखेल स्थिति सदर चिडियाखाना गत चैत्र ७ गतेदेखि बन्द रहेको थियो।

चिडियाखाना प्रशासनका अनुसार धेरै भिडभाड नहुने गरी एकपटकमा ७ सयदेखि ८ सय व्यक्तिलाई प्रवेशको अनुमति दिइने छ। भित्र गएको बढीमा डेढ घण्टामा व्यक्ति बाहिर आउनु पर्नेछ।

पहिलाजस्तो भित्र गएपछि केटाकेटीलाई खेलाउने, जनावरलाई खाना खुवाउने वा आफूहरुले पनि खानेकाम अहिले गर्न पाइने छैन। चिडियाखानाले टिकट काट्न भिड हुने भएको भन्दै अनलाइनबाट टिकट उपलब्ध गराउने व्यवस्था समेत गरेको छ।

यसपटकको टिकटदर विदेशी नागरिकलाई ७५०, सार्कराष्ट्र भित्रका पर्यटकहरुका लागि ५००, आन्तरिक पर्यटकका लागि १५० र जेष्ठ नागरिक र विद्यार्थीका लागि ९० रुपैयाँ तय गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : १५ बजे

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय