८ महिनापछि खुल्दैछ सदर चिडियाखाना « Khabarhub

८ महिनापछि खुल्दैछ सदर चिडियाखाना


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाका कारण ८ महिनासम्म बन्द रहेको सदर चिडियाखाना बिहीबार (आज)देखि खुल्ने भएको छ।

स्वास्थ्यका मापदण्ड अपनाएर करिव ८ महिना पश्चात चिडियाखाना सर्वसाधारको लागि खुल्ला हुने भएको हो । कोभिड १९ संकट व्यवसथापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य मापदण्ड अपनाएर खोल्न लागेको चिडियाखाना प्रशासनले जनाएको छ।

ललितपुरको जाउलाखेल स्थिति सदर चिडियाखाना गत चैत्र ७ गतेदेखि बन्द रहेको थियो।

चिडियाखाना प्रशासनका अनुसार धेरै भिडभाड नहुने गरी एकपटकमा ७ सयदेखि ८ सय व्यक्तिलाई प्रवेशको अनुमति दिइने छ। भित्र गएको बढीमा डेढ घण्टामा व्यक्ति बाहिर आउनु पर्नेछ।

पहिलाजस्तो भित्र गएपछि केटाकेटीलाई खेलाउने, जनावरलाई खाना खुवाउने वा आफूहरुले पनि खानेकाम अहिले गर्न पाइने छैन। चिडियाखानाले टिकट काट्न भिड हुने भएको भन्दै अनलाइनबाट टिकट उपलब्ध गराउने व्यवस्था समेत गरेको छ।

यसपटकको टिकटदर विदेशी नागरिकलाई ७५०, सार्कराष्ट्र भित्रका पर्यटकहरुका लागि ५००, आन्तरिक पर्यटकका लागि १५० र जेष्ठ नागरिक र विद्यार्थीका लागि ९० रुपैयाँ तय गरिएको चिडियाखाना प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : १५ बजे

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष