प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने | Khabarhub Khabarhub

प्रदेश सरकारले अस्पतालजन्य फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४ जिल्लाकै सरकारी अस्पतालका फोहोरलाई सुरक्षित व्यवस्थापनका लागि काम शुरु भइसकेको जानकारी दिए ।

उनले निजी अस्पतालको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै विराटनगरमा निजीस्तरबाट सञ्चालित अस्पतालको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको त्रिपक्षीय साझेदारी मोडलबाट काम गर्ने तयारी भइरहेको बताए । मन्त्री घिमिरेले फोहोर व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको धारणा व्यक्त गरे ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेटसमेत विनियोजन भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अस्पतालको फोहोर व्यवस्थानका लागि ‘फोहोर जलाउने नभई कमाउने’ माध्यमका रूपमा कार्य शुरु गरिएको बताए ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० का कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरको फोहोर व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ८ : ०० बजे

‘भ्रातृ संस्थाको महाधिवेशन समयमा नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो’

बुटवल– नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक

बबरमहल जलमग्न, अदालतमा पस्यो पानी

काठमाडौं– मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको छ

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– माघ महिनाको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ

जसपा केन्द्रीय सदस्यसहित एक सय जना कांग्रेस प्रवेश 

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित

माओवादीले मनाउने तयारी गर्दा कांग्रेसले भन्यो- संविधानले चिन्दैन, सार्वजनिक बिदा नदिनू

काठमाडौं– तत्कालीन नेकपा माओवादीको उद्गम थलो मानिने रूकुममा फागुन १