पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर रु १५ करोड ९२ लाख ३७ हजार पुगेको छ ।

भवन पुस मसान्तसम्ममा सकिने नगरपालिकाको अनुमान छ । गत वर्षको अन्त्यसम्ममा निर्माण सक्ने बताए पनि विविध कारणले पछाडि धकेलिएको हो ।

“कोरोनाका कारण ढिलो भएको हो”, इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले भने, “जहाँतहीँबाट मजदुर ल्याउन नमिल्ने, कोरोना सङ्क्रमित भनेर ल्याउन नदिने भएकाले ढिला भएको हो ।”

गुरागाईंका अनुसार भवनको भित्री काम सकिएकाले अब बाहिर काम सक्दा सञ्चालनमा ल्याउन सकिन्छ । भवनमा ७८ वटा सटर पसल, १३० जना क्षमताको एक पार्टी प्यालेस हल र १२० जना क्षमताको एक रेष्टुराँ रहने छ । गुरागाईंका अनुसार भवनका अगाडि दुई ब्लकमा पाँच पसल रहने छन् ।

भवनको माथिल्लो तलामा मोटरसाइकल पार्किङ र भवनसँग जोडिएको र तलतिरको ब्लकमा मासु पसल राखिने छ । भवनका दुई ब्लकमा पाँच सटर पसल, सब्जी बजार व्यवस्थित गर्न तल थप ग्यावियन वालको चेकड्याम र नाली निर्माण कार्य हुने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : ०१ बजे

निजी मेडिकल कलेजमा विदेशी विद्यार्थीको सिट सङ्ख्या बढाउनेबारे छलफल

काठमाडौं– प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको

शैक्षिक क्षेत्रमा अवसरको अधिकतम उपयोग गर्नुपर्‍यो : प्रकाशमान सिंह

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध

निजामतीतर्फ ११ सेवा रहने विषयमा सहमति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामतीतर्फ

‘भ्रातृ संस्थाको महाधिवेशन समयमा नहुँदा पार्टीको आन्तरिक जीवनमा असर पुग्यो’

बुटवल– नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक

बबरमहल जलमग्न, अदालतमा पस्यो पानी

काठमाडौं– मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको छ