साउदीमा १४ सय नेपाली बहिर्गमन भिसाको पर्खाइमा « Khabarhub

साउदीमा १४ सय नेपाली बहिर्गमन भिसाको पर्खाइमा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा १४ सयभन्दा बढी नेपाली स्वदेश फिर्तिका लागि बहिर्गमन (एक्जिट) भिसाको पर्खाइमा रहेका छन् ।

साउदीको विभिन्न कम्पनीहरुले आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका कारण कम्पनी छाडेर भागेका १४ सयभन्दा बढी नेपालीले साउदीस्थित नेपाली दूतावास र जेद्धास्थित महाबाणिज्य दूतावासमा स्वदेश फिर्तिका लागि निवेदन दिएका छन् ।

दूतावासका अनुसार एक्जिट भिसाका लागि ठूलो सङ्ख्यामा निवेदन परेपछि सो निवेदनको सूची साउदीको अध्यागमन बिभागमा बुझाइएको छ ।

दूतावासको अनुरोधमा त्यहाँका विभिन्न कम्पनीहरूमा कार्यरत श्रमिकलाई आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिँदै आएको छ ।

यसरी एक्जिट भिसा प्राप्त गरेका व्यक्तिले आफ्नै खर्चमा हवाई टिकट लिई ६० दिन भित्रमा मुलुक छोडिसक्नु पर्ने हुन्छ ।

थप ६८ नेपालीलाई बहिर्गमन भिसा

साउदी अरबले गैरकानूनी रुपमा बसेका नेपालीहरुध्ये पछिल्लो पटक थप ६८ जनालाई एक्जिट (बहिर्गमन) भिसा दिएको छ ।

नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार ३४८ जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ४० बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार