न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै | Khabarhub Khabarhub

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी डोटेल (धिताल) ले जानकारी दिइन ।

उनका अनुसार सो आवमा परेका उजुरीमा २० सार्वजनिक जग्गा/बाटोसम्बन्धी, चार सिमाना विवाद, तीन महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ रहेका छन् । यस अवधिमा ४४ वटा मुद्दा किनारा लगाइएको छ । एघारउजुरी मेलमिलाप तथा सहमति भएका, दुई उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उनले बताइन।

घरेलु हिंसा र महिला हिंसाका उजुरीहरु समितिमा अत्यन्त कम पर्ने जनाइएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घर–जग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् ।

आव २०७५/७६ मा ८१ उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी रहेका थिए । त्यस्तै नौ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, दुई सम्बन्ध विच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए ।

सो अवधिमा ३१ वटा उजुरी न्यायिक समितिबाट फैसला गरिएको, बीस सहमति भएको, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको छ ।

चालू आवामा समितिमा उजुरीहरु आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखितरुपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा दुईजना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ४२ बजे

नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द,

जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)

काठमाडौं- बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको एउटा टोली ड्रिल मेशिनसहित

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय