भेरी अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु « Khabarhub

भेरी अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको छ ।

दैलेख नारायण नगरपालिका-९ निवासी ती महिला कातिक ७ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।

उनलाई त्यसको दुई दिन अघि दैलेखमा संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य समस्या झन बल्झिदै गएपछि कात्तिक ७ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

भाइरस संक्रमण पुष्टि भएको ५२ दिनपछि शनिवार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । रोगको प्रकृतिअनुसार, उनलाई सबै प्रकारको उपचार गर्दा गर्दै मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ५९ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६