यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मटन कवाफ’ « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मटन कवाफ’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपयका लागि मटनका परिकार असाध्यै मन पर्छ । अनेकै रेसिपी खान मन परे पनि बनाउने तरिका थाहा नहुँदा त्यसको स्वाद लिँन चाहेर पनि सकिँदैन ।

आज हामी तपाइँलाई मटनको कवाफ र मासुको अचार बनाउने विधि प्रस्तुत गर्दैछौँ । यहाँ किलो मटनमा यी चिज बनाउने तरिका दिइएको छ ।

आवश्यक सामग्री

१ किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, सुकुमेल, इलाइची, दालचिनी, तेजपात, १०० ग्राम तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौथाई चम्चा मरिचको धुलो, २/२ चम्चा जिरा धनियाँको धुलो, १/१ चम्चा बेसार, खोर्सानीको धुलो, आधा चम्चा जाइफलको धुलो, आवश्यक नुन ।

बनाउने तरिका

मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा पकाउनु । मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु । पाकिसकेपछि घिउ राखी चलाएर छोडिदिनु । तयार भयो । यसरी पकाएको मासु फ्रिजमा नराखे पनि ४/५ दिनसम्म राखेर खान सकिन्छ । तर चिसो डाडुले चलाउनु हुँदैन । आफूलाई चाहिने मात्र निकाली तताउनुपर्छ । प्याज र लसुन पनि राख्नु हुँदैन बिग्रन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ०५ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर