सरकारी 'बाचा' पूरा नभएको भन्दै सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारी ‘बाचा’ पूरा नभएको भन्दै सर्लाहीका उखु किसानद्वारा माइतीघरमा प्रदर्शन (भिडियोसहित)


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बक्यौता रकम दिलाउने आश्वसन दिए पनि अझै भुक्तानी नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले श्रम पसिनाको मूल्य पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

‘सरकार किसानलाई बाँच्न देउ’,श्रम र पसिनाको मूल्य पाउँ, पेट छ खाली परिवार भोकले हाहाकार’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखु किसानसँग लिखित सम्झौता गरी माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता दिलाउने प्रतिवद्धता जनाएको थियो ।

सम्झौता भएको करीव एक वर्ष  पुग्न लाग्दा समेत बक्यौता रकम नपाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।

यसपटक भने उधारोमा सहमति नगर्ने अडानका साथ आन्दोलनमा उत्रिएको पीडितहरुले बताएका छन् ।

हेरौँ भिडियो

केही तस्वीरहरु

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ०० बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा