ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन अदालतको आदेश


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।

ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।

फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको उनीमाथि अभियोग लागेको छ ।

यसअघि विशेष अदालतले ललिता निवास प्रकरणमा मुछिएका अधिकांश आरोपितलाई धरौटी तथा साधरण तारेखमा रिहा गरेको थियो।

केही दिनअघि अदालतमा बयानका लागि उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा छाड्ने अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : १२ बजे

सगरमाथा संवादमा आएका भारतीय वनमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु

ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब

रवीन्द्र मिश्रले आमाको कसम खाँदै भने- राज्यविरुद्ध कुनै अपराध गरेको छैन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको

प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया

वैदेशिक रोजगार विभाग भन्छ- कानुनविपरीत रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही गर्छौँ

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग