भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ « Khabarhub

भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो ।

अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट रु एक हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : ०९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते