३ वर्षदेखि बिहेको दबाब झेल्दै बेनिशा « Khabarhub

३ वर्षदेखि बिहेको दबाब झेल्दै बेनिशा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् । यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् ।

प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् ।

नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के अछूतो रहन सक्थे र ! अझ पछिल्लो समय कलाकारले भटाभट बिहे गरिरहेका बेला उमेर पुगेका नायिकाहरुलाई बिहेको दबाब नआउने कुरै भएन ।

नायिका बेनिशा हमालले आफूलाई केही वर्षयता परिवार र आफन्तबाट बिहेको दबाब आइरहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा उल्ल्खेख गरेकी छिन् – तपाईं कसैसँग सम्बन्धमा भए या नभए पनि एक महिलालाई बिहेको दबाब आउँछ । मैले पनि ३ वर्षदेखि यस्तै दबाब महसुस गरेकी छु । कहिलेकाहीँ त तनाव पनि हुन्छ ।

यसलाई कतिपयले बेनिशाले पनि बिहे गर्ने सोच बनाएको टिप्पणी गरेका छन् । कतिले भने उनलाई बिहे गर्न सुझाव समेत दिएका छन् ।

बेनिशा केही समययता निर्माता रौनक विक्रम कँडेलसँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गर्छ ।

बेनिशाले अभिनय गर्ने फिल्म ‘भाँडाकुटी’ माघदेखि छायांकनमा जानेछ । सामाजिक कथामा बन्ने यो फिल्ममा मुकुन भुसालको पनि शीर्ष भूमिका रहनेछ । फिल्मको निर्देशन किरण विकले गर्दैछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ११ : ०८ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई