हात्तीको आक्रमणबाट एकको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एकको मृत्यु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो ।

आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए ।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान शुरू गरिएको छ ।  स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।

दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ०५ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।