आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए | Khabarhub Khabarhub

आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुन्दुज – अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा ६ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताएका छन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । यस आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् ।

आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : ४५ बजे

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम