आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए « Khabarhub

आतङ्ककारी आक्रमणमा छ सुरक्षा अधिकारी मारिए


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुन्दुज – अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा ६ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताएका छन् ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो २ बजे सो आक्रमण भएको समाचारमा जनाइएको छ । यस आक्रमणमा परी अन्य तीन सुरक्षा अधिकारी घाइते भएका छन् भने तीन जना वेपत्ता भएका छन् ।

आक्रमणको बेला भएको यस दोहोरो भिडन्तमा तालिबानतर्फ हताहत भएको तर यसको यकिन संख्या भने थाहा नभएको जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलो मिटर उत्तरमा पर्ने कुन्दुज प्रान्त सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस आक्रमणको कुृनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : ४५ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई