तराईका जनताको आर्थिकस्तर सुधार्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ « Khabarhub

तराईका जनताको आर्थिकस्तर सुधार्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन्।

सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको आज शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए ।

वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरबाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिटै विस्तार गरी सडक सञ्जालमार्फत तराई मधेश, पहाड र हिमालको सम्बन्धलाई विस्तार गर्ने बताए ।

‘‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री नेम्वाङले भने, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।”

उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिदैं सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लाहरुलाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए ।

कार्यक्रममा महिला तथा बालबालिकामन्त्री लिलानाथ श्रेष्ठले सरकारले प्रदेश नं २ लाई प्राथमिकता राखेर अधिकांश योजनाहरु बनाएको उल्लेख गर्दै तराई मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गको कार्य तीव्र रुपमा भइरहेको बताए।

सिरहाको गोलबजारदेखि लगडीगदियानीसम्मको करिब २५ किलोमिटर सडक छिटै कालोपत्रे गरिने योजना रहेको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २५ बजे

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज