काठमाडौँको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु « Khabarhub

काठमाडौँको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।

आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस भएको छ ।

मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ ।

बाक्लो हुस्सुका स्थानमा पारदर्शिता कम भइ देख्न गाह्रो हुने भएकाले यात्रामा साबधानी अपनाउ पनि महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : २५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको