अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड « Khabarhub

अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध १९औँ शिखर सम्मेलन यथाशक्य चाँडो आयोजना गर्न सदस्य राष्ट्रहरुबीच सहमति जुट्नुपर्नेमा नेपालले पुनः जोड दिएको छ ।

सार्क सचिवालयमा आज भएको कार्यक्रम समितिको अप्रत्यक्ष बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको परराष्ट्र नीतिले क्षेत्रीय सम्बन्ध र सहयोग विस्तारका लागि विशेष जोड दिएको बताउँदै सार्क क्षेत्रका सबैको समृद्धिका लागि व्यापार, वित्त, आर्थिक एकीकरण, सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध अभिवृद्धि हासिल गर्न एकजुट हुनुपर्ने विचार व्यक्त गरे ।

सार्कका महासचिव इशाला रुवान विराकुनले कोभिड–१९ को महामारीका कारण जनधनको क्षति भएका सदस्य राष्ट्रप्रति समवेदना व्यक्त गर्दै महामारीलगायत क्षेत्रीय स्वास्थ्य समस्या समाधान गर्न सार्कको महत्व अधिक रहेको बताए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको