अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड « Khabarhub

अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध १९औँ शिखर सम्मेलन यथाशक्य चाँडो आयोजना गर्न सदस्य राष्ट्रहरुबीच सहमति जुट्नुपर्नेमा नेपालले पुनः जोड दिएको छ ।

सार्क सचिवालयमा आज भएको कार्यक्रम समितिको अप्रत्यक्ष बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको परराष्ट्र नीतिले क्षेत्रीय सम्बन्ध र सहयोग विस्तारका लागि विशेष जोड दिएको बताउँदै सार्क क्षेत्रका सबैको समृद्धिका लागि व्यापार, वित्त, आर्थिक एकीकरण, सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध अभिवृद्धि हासिल गर्न एकजुट हुनुपर्ने विचार व्यक्त गरे ।

सार्कका महासचिव इशाला रुवान विराकुनले कोभिड–१९ को महामारीका कारण जनधनको क्षति भएका सदस्य राष्ट्रप्रति समवेदना व्यक्त गर्दै महामारीलगायत क्षेत्रीय स्वास्थ्य समस्या समाधान गर्न सार्कको महत्व अधिक रहेको बताए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५८ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर