संवैधानिक परिषद बैठक लगत्तै प्रधानमन्त्री शीतल निवासमा « Khabarhub

संवैधानिक परिषद बैठक लगत्तै प्रधानमन्त्री शीतल निवासमा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।

बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको बैठकमा नियुक्तिबारे छलफल मात्रै भएको जनाइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी भएनन ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो ।

प्रधानमन्त्रीसहित तीन जना सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न‍े प्रावधानसहितको अध्यादेश राष्ट्रपतिबाट मंगलबारै जारी गराएपछि ओली आलोचना भइरहेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यले अध्यादेश फिर्ता नभए कडा प्रतिवाद गर्ने जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलन नेपाली कांग्रेस लगायत दलका नेताहरुले समेत अध्यादेश ल्याइएकोबारे कटाक्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : १७ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी