आपराधिक घटनामा संलग्न तीन पक्राउ | Khabarhub Khabarhub

आपराधिक घटनामा संलग्न तीन पक्राउ


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ ।

यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ जगडोल डाँडाबाट लागुऔषधसहित प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा बौद्धबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकका हरि रामदामलाई पक्राउ गरेको हो । उनले चलाएको मोटरसाइकल खानतलासी गर्दा झण्डै एक किलो बराबरको पोलाइन लागुऔषध बरामद गरिएको परिसरले जनाएको छ ।

यस्तै आजै व्यापारीलाई धम्की दिई पैसा माग गर्ने अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गोठाटार बस्ने २२ वर्षीय उत्तम रिमाल रहेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित जयसवाल मार्केटिङ खाद्यान्न पसल सञ्चालन गर्ने रामलखनप्रसाद शाह शङ्कर जयसवालसँग रु ५० हजार रकम माग गरी धम्क्याएका प्रहरीले जनाएको छ ।

उनले केही साथीसँगको मिलेमतोमा व्यापारीलाई धम्की दिई रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्ति भने फरार रहेका र खोजी भइरहेको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : २० बजे

सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छः प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले राष्ट्रको

थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

काठमाडौं – थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा

स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं – काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुच्छ्रे चोकबाट स्कुटर चोरीमा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं –प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत – यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी