६५ लाख बराबरको गहना बरामद | Khabarhub Khabarhub

६५ लाख बराबरको गहना बरामद


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका गहना भण्डारण गरी राखिएको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणका गहना बरामद गरिएको प्रहरी उपरीक्षण गङ्गा पन्तले जानकारी दिए ।

सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ज्वायलर्सकी सञ्चालिका सुनिताकुमारी सर्राफका श्रीमान् दीपक सर्राफलाई नियन्त्रणमा लिइएको उनले बताए ।

बरामद गरिएको गहना र नियन्त्रणमा रहेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको उपरीक्षण पन्तले जानकारी दिए ।

बरामद भएका सबै गहना नेपालमै उत्पादन गरिएको र सबै गहनाको कागजात दुरुस्त रहेको सुन चाँदी व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष बच्चा सर्राफले जानकारी दिए । उनले प्रहरीलाई सबै कागजात देखाउदा व्यवसायीलाई दुःख दिने काम मात्र गरिएको आरोप लगाए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ४५ बजे

धनुष-मृणालको सम्बन्धको अफवाहलाई मृणालले दिइन् जवाफ

मुम्बई – बलिउड अभिनेत्री मृणाल ठाकुर र दक्षिण भारतीय सुपरस्टार

कानूनसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १