क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ | Khabarhub Khabarhub

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् ।

सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशङ्कामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ ।

बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा रु १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ११ : ४६ बजे

धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही

तनहुँ म्याग्देका तीन गाउँमा खानेपानी सुविधा

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका– ५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी

विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु

पोखरामा तरबुजा खेती : चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

कस्की- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३

‘सिने ब्रिफ’ : हराए आकाश र पुष्प, घर झगडा मिलाउन भारत उडिन् विपना, हिट बन्यो ‘ऊनको स्वीटर’

हेडलाइनहरु :०८२ सालको पहिलो हिट फिल्मको दौडमा ‘ऊनको स्वीटर’अग्र्यानिक फिल्मको