चितवनमा कारागारमा कैदीको मृत्यु | Khabarhub Khabarhub

चितवनमा कारागारमा कैदीको मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ ।

आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको  भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा विसं २०७६ साउन १८ गते दुई वर्ष कैद र रु १ लाख जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो ।

शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज बिहान ८:४७ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ४५ बजे

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह