सीताबारे विवादित बयान दिएपछि विवादमा फसे सैफ अली खान | Khabarhub Khabarhub

सीताबारे विवादित बयान दिएपछि विवादमा फसे सैफ अली खान


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ओम राउतद्वारा निर्देशित फिल्म ‘आदिपुरुष’ विवादमा फसेको छ । एक वकिलले फिल्ममेकर र अभिनेता सैफ अली खानविरुद्ध याचिका दायर गरेपछि विवाद उत्पन्न भएको हो ।

उत्तर प्रदेशको जैनपुर जिल्लाको एक अदालतमा वकिलले याचिका दायर गराएका हन् । यसको सुनुवाई २३ डिसेम्बरमा हुनेछ ।

‘आदिपुरुष’ भगवान् रामको जीवनीमा बनेको एक फिल्म हो । फिल्ममा सैफ अली खानको भूमिका रावणसँग मिल्दो छ ।

यसअघि सैफले एक अन्तर्वार्तामा भनेका थिए,‘ लक्ष्मणद्वारा रावणकी बहिनी सुर्पणखाको नाक काटिएको थियो, यसकारण सीताको अपहरण गरिएको थियो, जुन न्यायसंगत हो ।’

यही विषयलाई उठाएर उनी र फिल्ममेकर विरुद्ध उजुरी परेको हो । सैफले अन्तर्वार्तामा विवादित बयान दिए पनि पछि माफी मागेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ३ : २९ बजे

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई

सुडानमा चर्किएको जातीय हिंसाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा – सुडानको जारी युद्ध यस वर्षको सुरुदेखि नै तीव्र

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी