प्रधानमन्त्री ओलीसहित नेकपा स्थायी कमिटी बैठक शुरु | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीसहित नेकपा स्थायी कमिटी बैठक शुरु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुरु भएको छ ।

केही समयअघिसम्म एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीको भेटपछि अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बैठक शुरु भएको हो ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलका कारण बैठक बस्न सकेको थिएन ।

ओली र प्रचण्डबीच छलफल सकिएपछि ओलीसमेत सहभागी भएर बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन् चुलिएको थियो । त्यसपछि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।

यता ओलीले हिजो जारी गरेको अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : ३५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते