नेपाल–अमेरिका टीफा काउन्सिल बैठक : व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल « Khabarhub

नेपाल–अमेरिका टीफा काउन्सिल बैठक : व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

भर्चुअल माध्यमबाट भएको ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट (टीफा) काउन्सिलको बैठकमा  द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको हो ।

बैठकमा  नेपाली टोलीको नेतृत्व वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल र युनाइटेड स्टेट्स ट्रेड रेप्रिजेन्टेटीभ (युएसटीआर) कार्यालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने असिस्टेन्ट ट्रेड रेप्रिजेन्टेटीभ क्रिस्टोफर विल्सनले नेतृत्व गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले स्वागत मन्तव्य राख्दै टिफा परिषदमार्फत अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए ।

बैठकमा प्रतिलिपी अधिकार, भन्सार तथा व्यापार, श्रमसम्बन्धी विषयहरू, विश्व व्यापार संगठनका सूचनाहरू, तथा नेपालको अन्तरराष्ट्रिय व्यापार तथा लगानी प्रतिस्पर्धा क्षमताको विकास लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा नेपालले लगानीको वातावरण निर्माणका लागि गरिएका कानुनी र प्रक्रियागत सुधार, वैदेशिक लगानीको स्थितिका सम्बन्धमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको थियो ।

नेपाल र अमेरिकाबीच सन् २०११ मा टीफामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको