जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु « Khabarhub

जेट एयरवेजका कर्मचारीको बिचल्ली, रोकिएनन् आँशु


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विमान कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबैअन्तर्राष्ट्रिय उडानहरु बन्द गरेपछि त्यहाँ कार्यरत कर्मचारीको बिचल्ली भएको छ ।

एकातर्फ उनीहरुले तलब पाएका छैनन् भने अर्कोतर्फ कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

जेट एयरवेजलाई ऋण दिएका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरिसकेको छ ।

सो शेयर लिलाममार्फत सकार्न चाहनेहरूले यही अप्रिल ३० तारिखसम्म बोलपत्र हाल्न सक्ने क्यापिटलले जनाएको छ ।

यो कम्पनी बन्द भयो भने यहाँ कार्यरत करिब २३ हजार कर्मचारी तथा प्राविधिकले जागीरबाट हात धुनुपर्ने अवस्था देखिएको छ । जेट एयरलाइन्स हाल ११० करोड डलर घाटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७