‘भूपि पुरस्कार’ शर्मालाई « Khabarhub

‘भूपि पुरस्कार’ शर्मालाई


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ ।

बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२५ हजार राशिको सो पुरस्कार यही पुस १० गते ८६औँ भूपि जयन्ती समारोहमा सर्मपण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो ।

प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई छनोट गरेको हो । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मिएका  शर्माका ‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’ (२०५६), ‘कवि इच्छुक : कविता सन्दर्भमा’ (२०६०), ‘पारिजातका कविताको अध्ययन’ (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् ।

शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ ।

यस्तै सोही समारोहमा साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो ।

विसं १९९० मा मुस्ताङको टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि हुन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ४० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार