‘भूपि पुरस्कार’ शर्मालाई | Khabarhub Khabarhub

‘भूपि पुरस्कार’ शर्मालाई


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ ।

बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२५ हजार राशिको सो पुरस्कार यही पुस १० गते ८६औँ भूपि जयन्ती समारोहमा सर्मपण गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

यसअघि प्रतिष्ठानले पुरस्कारका लागि कवि भूपि शेरचनको व्यक्तित्व र कृतित्वमाथि लेखिएका समालोचनात्मक कृति आह्वान गरेको थियो ।

प्रतिष्ठानको मूल्याङ्कन समितिले शर्माको कृतिलाई छनोट गरेको हो । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मिएका  शर्माका ‘नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण’ (२०५६), ‘कवि इच्छुक : कविता सन्दर्भमा’ (२०६०), ‘पारिजातका कविताको अध्ययन’ (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् ।

शर्माका कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । समाज भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय, अक्षयकोष निर्माणलगायत भाषा, साहित्यको प्रर्वद्धनमा सक्रिय छ ।

यस्तै सोही समारोहमा साहित्यकार लकाश पौडेललाई ‘भूपि सम्मान’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । विसं २०७३ मा स्थापित पुरस्कार कोषमा हालसम्म रु सात लाखभन्दा बढी जम्मा भएको छ । जनस्तरबाट सहयोग जुटाएर पुरस्कार कोष खडा गरिएको हो ।

विसं १९९० मा मुस्ताङको टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्यका प्रसिद्ध कवि हुन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : ४० बजे

भोटेकोशीमा बोलेरो दुर्घटना हुँद दुई जना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई