विप्लव नेकपाको बन्दले गण्डकीका चार जिल्लामा आंशिक प्रभाव | Khabarhub Khabarhub

विप्लव नेकपाको बन्दले गण्डकीका चार जिल्लामा आंशिक प्रभाव


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित  नेकपाले गण्डकी प्रदेशका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।

पार्टीका म्याग्दी नेता गजेन्द्र पुन ‘जगत’को शङ्कास्पद मृत्यु भएको भन्दै विप्लव नेकपाले आज पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बन्द आह्वान गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारा घर भएका पुनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको मङ्सिर २९ गते मृत्यु भएको थियो।

पर्वत जेल प्रशासनले पुनको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको तथा उपचारमा लापरबाही गरेको आरोप लगाउँदै आज बन्द गरेको हो । बन्दका कारण ती क्षेत्रमा फाट्टफुट्ट मात्रै सवारी साधन सञ्चालन भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : १० बजे

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

एजेन्सी– चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का

सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

खाँदबारी– जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढीपहिराका

जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

कीर्तिपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको

छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशन

पर्वत– पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

सोलुखुम्बु– नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा