नेकपा स्थापना दिवसमै एकता टुंग्याउने सहमति « Khabarhub

नेकपा स्थापना दिवसमै एकता टुंग्याउने सहमति


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम बैशाख ९  गते  (भोलि) अर्थात नेकपा स्थापना दिवसकै दिन टुंग्याउने सैद्धान्तिक सहमति भएको छ ।

११ महिनादेखि अल्झिएको एकता प्रक्रियालाई टुंग्याउन शीर्ष चार नेताबीच सैद्धान्तिक सहमति भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडलबीच सांगठनिक एकताका विषयमा सहमति भएको हो ।

शुक्रबार र शनिबारको गृहकार्य पश्चात आजको बैठकले सचिवालय बैठक बोलाउने छ । चार शीर्ष नेताहरुबीच जिल्ला अध्यक्ष र सचिवहरुको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले आज बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिने तयारी रहेको छ ।

तत्कालीन एमाले समूहमा एकाता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच सहमति जुटेको थिएन । पछिल्लो छलफलपछि अध्यक्ष ओली सवै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेको छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : २३ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा