अध्यादेश फिर्ता लिइ संसद् अधिवेशन बोलउन कांग्रेसको माग « Khabarhub

अध्यादेश फिर्ता लिइ संसद् अधिवेशन बोलउन कांग्रेसको माग


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ ।

बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन ।

सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो ।

बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो ।

बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको उनले बताइन ।

कांग्रेसले उखु किसानको बक्यौता चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाएको छ । बैठकले नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : ४३ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा