विश्वभर ५ करोड ३२ लाख संक्रमितले जिते कोरोना | Khabarhub Khabarhub

विश्वभर ५ करोड ३२ लाख संक्रमितले जिते कोरोना


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजारभन्दा बढी  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ३२ लाख नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ५९ लाख नाघेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख ८० हजार नाघेको छ ।

बितेको २४ घण्टामा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै १६ लाख ८० हजार १९९ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ५२ हजार ९१२ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ९२२ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७८ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख २० हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ०२ बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष