बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिने | Khabarhub Khabarhub

बूढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला गरिने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले राससलाई जानकारी दिए ।

बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नुहुने पनि उनले जानकारी दिए ।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ५९ बजे

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

पाँच बुँदे प्रस्तावसहित ज्ञानेन्द्र शाहीले भने- केवल कुर्सी फेरिँदैमा जनताको जीवनस्तर सुध्रिँदैन

​काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्रै

उपल्लो डोल्पामा खाद्यान्न अभाव

काँक्रेविहार– उपल्लो डोल्पास्थित तीन वटा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा समस्या

लहानका सुकुम्वासी बस्तीमा धारा जडान गरिँदै

सिरहा– यहाँको लहान नगरपालिकाले सुकुम्वासी तथा विपन्न परिवारलाई लक्षित गर्दै घरघरमा

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली