प्रधानमन्त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल « Khabarhub

प्रधानमन्त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। आइतबार साँझ बालुवाटारमा सुरक्षा निकायका सबै प्रमुखहरूसँग छलफल गरेका हुन्।

बालुवाटारमा भएको छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख गणेश अधिकारी सहभागी भएका थिए ।

सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३८ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको