कस्ता व्यक्तिको संगत नगर्ने ? | Khabarhub Khabarhub

कस्ता व्यक्तिको संगत नगर्ने ?


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महान राजनीतिज्ञ मानिने आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा मनुष्यको जीवनमा उपयोगी नीतिको वर्णन गरेका छन् । उनले एक श्लोकको माध्यमबाट व्यक्ति कसरी र कुन स्थितीमा नष्ट हुन्छन् त्यसबारे चर्चा गरेका छन् । साथै उनले त्यस्ता ब्यक्तिको बारेमा पनि चर्चा गरेका छन् जो सर्पभन्दा खतरनाक हुन्छन् । आज हामी चाणक्यका तिनै नीतिबारे चर्चा गर्नेछौ :

दुराचारी च दुर्दृष्टिर्दुरावासी च दुर्जनः ।
यन्मैत्री क्रियते पुम्भिर्नरः शीघ्रं विनश्यति ।।

यस श्लोक मार्फत आचार्य चाणक्य दुष्कर्म प्रति सचेत हुन सुझाउछन् । उनी दुराचारी व्यक्ति, दुष्ट स्वभाव भएका मनुष्य, बिना कुनै कारण अरुको हानी गर्ने र दुष्ट व्यक्तिसंग मित्रता राख्ने श्रेष्ठ पुरुष पनि शीघ्र नष्ट हुने बताउँछन् । चाणक्यका अनुसार संगतको प्रभाव मनुष्यमा पर्ने गर्दछ । अर्थात विद्याद्धारा अलंकृत भएर पनि दुर्जनबाट टाढा रहनु पर्ने उनको नीति छ । चाणक्यका अनुसार मणिले भूषित भएर पनि सर्प खतरनाक हुने गर्दछ ।

दुर्जनेषु च सर्पेषु वरं सर्पो न दुर्जनः ।
सर्पो दंशति कालेन दुर्जनस्तु पदेपदे ।।

आचार्य चाणक्य यहाँ दुष्टतालाई दृष्टिसंग तुलना गर्दै त्यस पक्षलाई प्रेरीत गर्दछन् जहाँ दुष्टताको दुष्प्रभाव न्युन होस् । उनको मान्यता अनुसार दुष्ट र सर्पमा सर्प राम्रो हुन्छ । उनी भन्छन्, सर्पले केवल पटक डस्दछ तर दुष्टले हरेक समय हामी पुर्याउन तयार रहन्छ । यसै कारणले चाणक्य आफ्नो नीति मार्फत दुष्ट व्यक्तिबाट बचेर रहन सुझाउँछन् । चाणक्यका अनुसार दुर्जन व्यक्तिको अनुहारमा प्रसन्नता हुन्छ, वाणी चन्दन जस्तै शितल हुन्छ तर मनमा भने दुर्भावना रहने गर्दछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ३५ बजे

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

काठमाडाैं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा